काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ ।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा.खोमराज खरेल रहने गरी समिति गठन गरेको हो ।
भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको हो । यसअघिका अध्यक्ष शरद ओझा निलम्बन भएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया थालेको हो ।