रौतहट । मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले विकासको माध्यमले नागरिकलाई समृद्ध बनाउने योजना अनुसार काम गरिरहेको बताएका छन्।
गृह जिल्ला रौतहटको कटहरियास्थित आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले प्रदेश सरकार नागरिकलाई समृद्ध बनाउन कृषिसंगै भौतिक पूर्वाधार विकासमा जोड दिएको बताएका हुन्।
नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका मन्त्री यादव कार्यकर्ताहरूको गुनासो सुन्दै पार्टी संगठनलाई अझ मजबुत बनाउन सबै तहका नेतागण र कार्यकर्ताबीच आपसी विश्वास, समन्वय र निरन्तर संवाद आवश्यक रहेको धारणा राखेका थिए।
उनले प्रदेश सरकारले गरेका विकास योजनाबारे जानकारी दिँदै कार्यकर्तालाई पार्टी संगठनमा सशक्त रूपमा क्रियाशील रहन आग्रह गरेका थिए।