काठमाडौं । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । अहिलेसम्म देशभरका ४१ अस्पतालबाट ३४ जनाको मृत्यु भएको तथ्यांक संकलन गरिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको विवरणअनुसार, निजामती कर्मचारी अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेजमा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, झापाको बी एन्ड सी अस्पतालमा १, विर्तासिटी अस्पतालमा १, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र भेरी अस्पतालमा ५ जना गरी जम्मा ३४ जनाले ज्यान गुमाएका छन् ।
घाइतेमध्ये अहिले पनि ३२१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य सचिव डा.विकास देवकोटाका अनुसार, ९४९ जना घाइतेहरू भने उपचारपछि घर फर्किसकेका छन् ।