नेपालगञ्ज । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेपालगञ्ज उपमहानगरपालिकाले सेवा प्रवाह सुरु गरेको छ । कार्यालय परिसरमा टेन्ट टाँगेर सेवा दिन सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए ।
कार्यालयमा सरसफाइ र व्यवस्थापनको काम पनि भइरहेको उनको भनाइ छ । “अस्थायी कार्यालय स्थापना गरेर भेटघाट र नागरिकको अत्यावश्यक केही काम गर्न थालिएको छ”, उनले भने । उनले अवरुद्ध भएको विद्युत् जडान र शौचालय सरसफाइ समेत गरिएको बताए ।
उपमहानगरपालिकामा स्वास्थ्य सेवा सुरु गरिएको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी दिए।