चितवन । भदौ २५ गतेदेखि बन्द गरिएको मनकामना केबलकार आजदेखि सञ्चालनमा आएको छ । भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि केबलकार बन्द गरिएको थियो ।
अवस्था सामान्य बन्दै गएपछि आजदेखि केबलकारको नियमित सेवा सञ्चालनमा आएको हो । सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको बताइएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।