काठमाडौं । बाराको परवानीपुर सवस्टेसनमा आगोलागी हुँदा यस क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ । औद्योगिक तथा व्यापारिक नगरी बारा–पर्सामा ११ केभिए क्षमताको सवस्टेसनमा आगलागी हुँदा सेवा बन्द भएको हो ।
परवानीपुरस्थित ११ केभिए क्षमताको सवस्टेसनमा लागेको आगोका कारण ‘प्यानल’ जलेर विद्युत् आपूर्ति प्रणालीमा क्षति हुँदा विद्युत् प्रवाह रोकिएको हो । प्यानलमा सर्टसर्किटका कारण आगलागी हुँदा वीरगञ्ज, सिमरा, कृषि, गण्डक, डाबर, नारायणी, हिमाल, परवानीपुर, जगदम्बा, वीरगञ्ज, नितनपुर, चोर्नी र भलुही फिडरबाट वितरित विद्युत् आपूर्तिमा समस्या देखिएको थियो ।
बुधबार वीरगञ्जबाट गएको वरुणयन्त्र, स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा लिइएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले जनाएको छ। विद्युत् सेवा पुनः नियमित सञ्चालनमा ल्याउन तत्काल प्राविधिक समस्या भइरहेको छ ।