जनकपुरधाम । जेनजीको प्रर्दशनका क्रममा आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भएको आन्तरिक राजस्व कार्यालय जनकपुरको भवन मर्मत गरिएको छ । कार्यालयको भौतिक सामग्रीको खरिद, मर्मत सम्भार, सरसफाइ तथा रङरोगन गरिएको हो ।
भवन क्षतिग्रस्त बनेपछि सेवा बन्द भएको आन्तरिक राजस्व कार्यालयबाट आजदेखि राजस्व सङ्कलन तथा सेवा प्रवाहको कार्य समेत सुरु भएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट कार्यालयको करिब रु दुई करोड ५० लाख बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको थियो ।