काठमाडौं । बनेपामा निर्माणाधीन ‘सिनेपाः स्टुडियो’का लागि सरकारले ३ करोड अनुदान दिने भएको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच ‘सिनेपाः स्टुडियो’का लागि तीन करोड अनुदान दिने सम्बन्धमा सम्झौता भएको हो ।
‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, निर्मातालाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजना रहेको बोर्डका अध्यक्ष डिसीले बताए।
यसमा अत्याधुनिक फिल्म छायाङ्कन, ध्वनि रेकर्डिङ, सम्पादन, ‘भिजुअल इफेक्ट्स’, रङ्ग संयोजन र ‘पोस्ट–प्रोडक्सन’ सुविधा रहनेछन् ।