काठमाडौं। पुस्तकालय निर्माण गर्नका लागि ‘जूनकिरी अविश्रान्त उज्जालो’ले गजल साँझको आयोजना गर्ने भएको छ। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पुष १६ गते जूनकिरीले ‘जूनकिरी गजल साँझ’को आयोजना गर्ने भएको हो।
कार्यक्रम पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा आयोजना हुनेछ। जूनकिरीले निरन्तर गर्दै आएको पुस्तकालय निर्माणको कार्यक्रम अन्तर्गत रहेर तेस्रो पुस्तकालय निर्माण गर्न लागेको बताइएको छ। बुटवलमा निर्माण हुने पुस्तकालयका लागि च्यारिटीको रुपमा कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
गजल साँझमा चार जना गजलकारको प्रस्तुती रहने छ। गजलकार बाबु त्रिपाठी, संगीता थापा, रसिक राज र बिपिन सलामीले प्रस्तुती दिने भएका छन्।
संस्थाले यसअघि संखुवासभा र सिराहाका एक–एक विद्यालयमा पुस्तकालय निर्माण गरिसकेको छ।