काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले औषधीको व्यवस्थापन, आपूर्ती र बीमामा रहेको वेतिथि हटाउने कुरालाई प्राथमिकतामा राखेको बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय अन्तरगत समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र बीमा भएको भन्दै यो तीनवटा कुरालाई प्राथमिकतामा राखेको बताईन् ।
उनले भनिन्, ‘यो सरकार जेनजीको भावना अनुरुप बनेको नागरिक सरकार हो । यसमा हामीले जेनजीकै भावना अनुरुप भ्रष्टाचार निर्मूलको लागि प्रतिज्ञा गरेका छौ र हाम्रो प्रणाली सुदृढिकरण गर्नको लागि प्रतिज्ञा गरेका छौ । मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व लिदैँ गर्दा समस्या भएको र भ्रष्टाचारको आरोप लाग्ने क्षेत्र भनेको औषधीको व्यवस्थापन, आपूर्तीमा र वेतिथिको पराकाष्टमा रहेको भनेको बीमा हो । यो तीनवटा कुरालाई मैले आफ्नो प्राथमिकतामा राखेको छु ।’