काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले मंसिर २० गते शनिबार ‘मजबुत निर्माणका लागि स्वास्थ्य जीवन’ भन्ने नाराका साथ 'FCAN road race 2082' आयोजना गर्ने भएको हो ।
प्रतियोगिता शनिबार बिहान काठमाडौंको अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालय परिसरबाट सुरू हुने भएको छ। महासंघका अनुसार सहभागी धावकहरूले बिहान ६ः४५ भित्र अनामनगरस्थित सचिवालयमा उपस्थित हुनुपर्नेछ। दौड प्रतिस्पर्धाका लागि आवश्यक बिआइबि नम्बर (चेस्ट नं.) बिहीबार दिउँसो १ बजेदेखि शुक्रबार दिउँसो ५ बजेसम्म महासंघको सचिवालयबाट लिइसक्न समेत महासंघले आग्रह गरेको छ ।
दौड प्रतियोगिता विभिन्न समूहका लागि विभिन्न रुटमा गराइने छ । खुल्लातर्फ प्रथम हुनेलाई २५ हजार, दितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रानतर्फ प्रथमलाई १०–१० हजार, दितियलाई ६–६ हजार र तृतीयलाई ४–४ हजार नगद पुरस्कारको व्यवस्था गरिएको महासंघले जनाएको छ ।
दौडमा सहभागी हुन मंसिर १८ गतेभित्र महासंघको सचिवालय गएर वा अनलाइन मार्फत पनि दर्ता गर्न सकिनेछ।



