काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन् । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेवारीपूर्ण भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर उपस्थित भएको उल्लेख गरिन् ।
उनले देशभर गाउँ–गाउँमा सडक सञ्जाल विस्तार, आधारभूत पूर्वाधार, ऊर्जा तथा कनेक्टिभिटी विकासको गति बढाउन आवश्यक रहेको धारणा राखिन् । विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व अत्यन्तै प्रशंसनीय रहेको भन्दै उनले यसको खुलेर प्रशंसा गर्नुपर्ने बताइन् ।
उनले भनिन् , ‘हामी सबै इहितासको साक्षी बन्न मात्र होइन, जिम्मेवार भविष्य र राष्ट्रहितको साझा संकल्प बोकेर पनि यहाँ उपस्थित भएका छौँ । देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिने सन्र्दभमा गाउँ गाउँमा सडक सञ्जाल आधारभूत पूर्वाधार उर्जा र कन्केटिभिटिको विकासको गति बढाउन आवश्यक छ । विशेषगरी नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामु स्थापित गर्न नेकपा एमालेले खेलेको भूमिका र देखाएको नेतृत्व एकदमै प्रसंसनिय छ । यो कुराको प्रसंसा हामी सबैले गर्नैपर्छ ।’