काठमाडौँ । पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा मुद्दा दर्ता गरेको हो ।
उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मङ्गलबार विशेष अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।