काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा चैत्र १७ भोलिदेखि सुरु हुँदैछ। महासंघको २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशन चैत १७, १८ र १९ गते तीन दिन काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने भएको हो। महासंघका अनुसार, अधिवेशनमा देशभरबाट निर्माण व्यवसायी प्रतिनिधिहरूको सहभागिता रहनेछ।
नयाँ नेतृत्वचयन समेत हुने २६ औं साधारण सभाका लागि अहिले अध्यक्ष प्रत्यासीहरुले प्यानलनै बनाएर चुनावी प्रचार थालेका छन्।
एफक्यानले यसअघि नयाँ नेतृत्वको चुनाव माघ १५ देखि १७ गतेसम्म गर्ने तयारी गरेको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको आचारसंहिताका कारण अधिवेशन स्थगित भएको थियो ।