काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भइरहेको छ । निर्वाचन प्रज्ञा भवन कमलादीमा जारी छ ।
महासंघको अध्यक्ष पदका लागि निकोलश पाण्डे र आङ दोर्जी (एडी) लामाबीच प्रतिस्पर्धा हुँदैछ । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनाव लड्दै छन्।
लामाको समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले चुनावी प्रतिस्पर्धामा छन्।
आज बिहान ८ बजेदेखि सुरु भएको महासंघको मतदान कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने छ ।