झापा। दमक औद्योगिक पार्क संघर्ष समितिले प्रदेश नं १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ।औद्योगिकमैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको हो।
समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दै आफ्नो मागको सम्बोधनमा दबाब पुर्याउन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएको हो। मुख्यमन्त्री राईलाई औद्योगिक पार्कको वास्तविक समस्या र पीडितको मागका बारेमा ध्यानाकर्षण गराउने काम गरेको समितिले जनाएको छ।
ज्ञापनपत्र लिँदै मुख्यमन्त्री राईले औद्योगिक पार्क मुआब्जा पीडितको आवाज सुनुवाई गर्न आफूले माथिल्लो निकायमा समेत पुर्याउने प्रतिबद्धता जनाए। दमक नगरपालिकासहित कमल गाउँपालिका र गौरादह नगरपालिकाको क्षेत्रभित्र चीन सरकारको लगानीमा करिव २५ सय बिघा जमीनमा बन्ने प्रस्ताव गरिएको औद्योगिक पार्क जग्गा मुआब्जा वितरणमा प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि जनाउँदै आएका छन्।