काठमाडौं। निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आशिष निर्माण सेवा प्रालिका सञ्चालक गौलीलाई बुधबार काठमाडौंको पुरानो बानेश्वरबाट पक्राउ गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको डाटा प्रणालीमा अनाधिकृत पहुँच बनाएर ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अघि नै त्यस्ता प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको सिआइबीले जनाएको छ।
ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार गौलीमाथि संगठित अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
उक्त मुद्दामा हालसम्म १० निर्माण व्यवसायीसमेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।