काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीसम्बन्धी विवरण नयाँ वेबसाइटमा राख्ने भएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४३ बमोजिम कालोसूचीमा राखिएका तथा कालोसूचीबाट फुकुवा गरिएका व्यक्ति, फर्म, संस्था र कम्पनीहरूको विवरण नयाँ वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार यसअघि उक्त विवरणहरू ppmo.gov.np को वेबसाइट मा राखिँदै आएको थियो। अब भने ती विवरणहरूलाई नयाँ वेबसाइट blacklist.ppmo.gov.np मा अध्यावधिक गरी सञ्चालनमा ल्याइएको जनाइएको छ।
कार्यालयका अनुसार बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी लगायत अन्य व्यक्ति वा संस्थासम्बन्धी कालोसूची विवरण नयाँ प्रणालीमार्फत उपलब्ध हुनेछ।
