काठमाडौँ । सांसद राजेन्द्रकुमार राईले निर्माण व्यवसायीलाई आफ्नो छवि सुधार्न सुझाव दिएका छन् । पूर्वाधार विकास समितिको बैठकमा बोल्दै राईले व्यवसायीहरूले सरकारसँग आफ्नो माग स्पष्ट राख्न सुझाव दिएका हुन् ।
उनले निर्माण व्यवसायीले १, २, ३, ४ गरेर आफ्ना समस्या ठोस रूपमा राख्न नसकेको टिप्पणी गरे। सांसद राईले भने, ‘सधैँ तेलको भाउ बढेको बहानामा काम रोक्ने र एउटै कुरा दोहोर्याउने काम बन्द गर्नुपर्छ ।’
उनले निर्माण व्यवसायीको आम रूपमा राम्रो छवि नभएकाले त्यसलाई सुधारेर काममा गति दिनुपर्नेमा जोड दिए। साथै, उनले रोकिएका आयोजनाहरूलाई व्यवहारिक रूपमा समाधान गर्न सरकारलाई आग्रह गरे।