सुनसरी । धरान उपमहानगरपालिका-८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरेका हुन् ।
सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो । कूल रु ३३ करोड ७० लाख ४७ हजार ३३७ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले रु २५ करोड ४१ लाख ६७ हजार ३१९ मा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो ।
बसपार्क रु २४ करोड ८६ लाख नौ हजार १४८ मा निर्माण सम्पन्न भएको धरान उपमहानगरपालिकाका योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिए। यहाँ एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्गे्र्रे सवारीसाधन, ६० वटा अटो तथा केही कार र जिप पार्किङ गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए ।