काठमाडौं । तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको इजाजतपत्र खारेज गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐनअनुसार कारबाही गर्दै ती कम्पनीहरूको इजाजत स्वतः खारेज भएको जनाएको हो।
निर्माण व्यवसाय ऐन, २०५५ अनुसार प्रत्येक निर्माण व्यवसायीले हरेक आर्थिक वर्षका लागि आफ्नो इजाजतपत्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। आर्थिक वर्ष २०८२र८३ का लागि इजाजतपत्र नवीकरण गर्ने अन्तिम म्याद २०८२ साल चैत मसान्तसम्म तोकिएको थियो।
मन्त्रालयका अनुसार तोकिएको समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नगरेका कम्पनीहरूको इजाजतपत्र निर्माण व्यवसाय ऐनको दफा ७ को उपदफा ९३० बमोजिम स्वतः खारेज गरिएको हो।
खारेज गरिएका निर्माण व्यवसायीहरूको सूचीमा ‘क’ वर्गदेखि ‘ग’ वर्गसम्मका विभिन्न फर्म तथा कम्पनीहरू समावेश छन्।
मन्त्रालयले निर्माण व्यवसायीहरूलाई कानुनी व्यवस्था पालना गर्दै समयमै इजाजतपत्र नवीकरण गर्न आग्रह गर्दै यस किसिमको लापरबाही गर्ने कम्पनीमाथि कानुनअनुसार आवश्यक कारबाही निरन्तर गरिने जनाएको छ।
सूची