काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको विवरणअनुसार बिहान ५ बजेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुषको शव फेला परेको छ। यस्तै, आंशिक अंग फेला परेका ५०१ शव रहेको प्रहरीले जनाएको छ।
बाढीपछि ४ हजार ८९८ जना सम्पर्कविहीन छन् भने सुरक्षाकर्मीले हालसम्म ८ हजार ६३१ जनाको उद्धार गरेका छन्।
बाढीमा २५ प्रहरी सम्पर्कविहीन र ६५ प्रहरी प्रभावित भएका छन्। खोज, उद्धार तथा राहतका लागि सुरक्षाकर्मीको नेतृत्वमा ७ हजार ९१२ जना परिचालन गरिएको प्रहरीले जनाएको छ।