लाइसेन्स लिन वा नवीकरण गर्न महिनौँ कुर्नुपर्ने समस्या अब हट्ने भएको छ।सरकारले साउन १ गतेदेखि लागू गरेको ईडीएलभीआरएस प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु गरेको छ।
अब सेवाग्राहीको विवरण नयाँ प्रणालीमा अपलोड भएपछि सिधै सुरक्षण मुद्रणमा पुग्नेछ, त्यहाँ लाइसेन्स छापिएपछि हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइनेछ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाइएको छ।
यस्तै, मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा छपाइ सुरु गरिसकेको छ भने लुम्बिनी प्रदेशले पनि सुरक्षण मुद्रणसँग सम्झौता गरेर लाइसेन्स छपाइ सुरु गरेको छ।
प्रदेशले सम्झौता नगरेका अवस्थामा भने यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ।