काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
श्रेष्ठले आज प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पदभार सम्हालेका हुन् । सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । मन्त्रिपरिषद्को निर्णयपछि उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।