इलाम। नेपाल विद्युत् प्राधिकरण इलामले विद्युत महसुल नतिर्ने एक हजार दुई सय ५० ग्राहकको लाइन काटेको छ।
प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत महसुल नतिर्ने एक हजार दुई सय ५० ग्राहकको विद्युत् लाइन काटेको हो।
बत्ती बालेर पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए। उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ ।
करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन ।
यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट)को लाइन बिहीबारदेखि काटिएको छ। सिटीमार्टको रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन।
साठी दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताए। उक्त नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ।