धनकुटामा सेवा इन्टरनेसनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले युवा विकास केन्द्र स्थापना गरेका छन्। उक्त केन्द्रको उद्घाटन सेवा इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजकले गनुभएको हो। यस केन्द्रले सम्पुर्ण युवाहरुलाई सीपमुलक तालीम प्रदान गर्ने सेवा इन्टरनेशनल नेपालका सचिवले बताउनु भयो।
उहाँका अनुसार उक्त युवा विकास केन्द्रले विभिन्न प्रकारका सीपमूलक तालिम, कम्प्युटर सम्बन्धी तालिम, पहाडी क्षेत्रमा कृषि सम्बन्धी तालिम, महिलाहरुका लागि सिलाई कटाई तालिमलगायत विभिन्न तालिमहरु प्रदान गर्ने छ। जसले गर्दा कोही पनि युवा बेरोजगार भएर बस्नु पर्ने अवस्था सिर्जना नहुनका साथै महिलाहरुपनि आत्म निर्भर हुनेछन्।
सो सेवा इन्टरनेसनलमा विश्वको ६० वटा देशहरू आबद्ध भएको र ३५ वटा देशमा यस संस्थाले काम गरिरहेको संघका राष्ट्रिय सह–संघ चालकले बताउनुभयो।
उक्त क्षेत्रमा केन्द्र स्थापना गरेर युवााहरुको सीप विकासमा योगदान पुर्याएकोमा धनकुटा नगरले आभार व्यक्त गरेको छ। यस केन्द्रको स्थापना पछि विभिन्न प्रकारका सीप मुलक तालीमले युवाहरुदेखी कुनै पनि काममा आवद्ध नभएका महिलाहरु समेत सिलाई कटाई तालिमलगाएतका विभिन्न तालिममा सरीक भई आफैमा आत्म निर्भर हुने विश्वास गरिएको छ।