काठमाडौं। लुम्बिनीमा निर्माणाधीन सभाहल र ध्यान केन्द्रको आगामी बुद्ध जयन्तीको दिन उद्घाटन गरिने भएको छ।
निर्माण कार्य अन्तिम चरणमा पुगेको ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्रको लुम्बिनी विकास कोषले आगामी २ जेठ बुद्ध जयन्तीका दिन उद्घाटन गर्ने भएको हो।
विं.सं २०७५ वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन्।
२०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो। निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो। तर सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको छ। उनका अनुसार कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि २०७९ असार मसान्तसम्म समय थप गरिएको थियाे।
सम्मेलन केन्द्रको भवन मात्रै निर्माण गर्ने सुरुवाती योजना रहेकोमा पछि विभिन्न संरचना थप गरिएको थियो।