काठमाडौं। बालाजुमा रहेको गुरु नानक मठ (महन्त वन) क्षेत्रमा निर्माण गरिएको टहरा भत्काइएको छ। स्थानीयले विरोध गरेपछि महानगरपालिकाले बुधबार हटरा भत्काएको हो।
पुरात्वात्विक महत्वको महन्त वन क्षेत्रमा अनाधिकृत रुपमा घर टहरा निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए।
गुठी संस्थानका केही व्यक्तिको स्वार्थमा वन क्षेत्रमा संरचना बनाउन दिएको उनीहरुको आरोप छ। गुरु नानक सत्सङ समितिका उपाध्यक्ष रवि सिंहले सो क्षेत्रमा अनाधिकृत रुपमा टहरा बनाएपछि स्थानीयले विरोध गरेको र सो पश्चात महानगरले टहरा भत्काएको जानकारी दिए।