सुर्खेत। निर्माण व्यवसायीहरुलाई निर्माण व्यवसायीलाई विद्युतीय बोलपत्र सम्बन्धि तालिम दिन सुरु गरिएको छ। सार्वजनिक खरीद प्रक्रियामा अझै बढी खुला, पारदर्शी तथा जिम्मेवार बनाउन विद्यतीय बोलपत्रको प्रयोग सम्बन्धि तालिम सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको हो।
भौतिक पूर्वाधार यातायात मन्त्रालयको सहयोग नेपाल निर्माण व्यवसायी महासंघको आयोजना तथा नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको समन्वयमा सार्वजनिक खरीद प्रक्रियामा विद्युतीय बोलपत्र (ईजीपी) ऐन, नियम एसवीडी, रजिष्टेशन, प्रोफाइल म्यानेजमेन्ट, समिशन अफ डिफेट काईण्ड अफ टेण्डरलगायतका बारेमा निर्माण व्यवसायीलाई जानकारी दिने उद्देश्यले बुधवारदेखि दुई दिने तालिमको आयोजना गरिएको हो।
तालिम अवधिभर स्वच्छ प्रतिस्पर्धा, ईमानदारिता, जवाफदेही, विश्वासनीयता, सञ्चालन, व्यवस्थापन एवम् अफलोडेबल ई–टेण्डर प्रक्रियाका क्रममा आउने समस्या तथा समाधानका बारेमा निर्माण व्यवसायीसँगै उनका प्रतिनिधिहरुलाई जानकारी गराईने मुख्य प्रशिक्षक असित अधिकारीले जानकारी दिए।
विद्युतीय बोलपत्र प्रक्रियाको दोस्रो फेजको तालिममा सुर्खेत जिल्लाभरीका करीब ३० जना निर्माण व्यवसायीसँगै प्रतिनिधिहरुको सहभागिता रहेको उनले बताए।