काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित च्यारेचौरलाई मेडिकल हबका रुपमा विकास गर्न पूर्वाधार निर्माणकार्य सुरु गरिएको छ। जुम्लामा मंसिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस कार्यक्रमको शुभारम्भ गरेसँंगै च्यारेचौरलाई मेडिकल हब बनाउने तयारी स्वरुप पूर्वाधार निर्माणकार्य सुरु गरिएको हो।
च्यारेचौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि करिब दुई दर्जन भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ। एमबीबीएस सञ्चालनका लागि झण्डै २३ वटा शैक्षिक तथा प्रशासनिक, आवास भवन निर्माण हुँदैछन्।
कर्णाली प्रतिष्ठानका उपकुपति डा. मंगल रावल भन्छन्, प्रतिष्ठानले एमबीबीएस सुरु गरेपछि मेडिकल हबको रूपमा अगाडि बढाउन २३ वटा भवन निर्माण गर्ने योजना अघि बढेको छ। एमबबिीएसलगायतका कार्यक्रम सञ्चालन गर्न चन्दननाथ–३ का स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि मेडिकल हब बनाउने योजना सुरु भएको हो।
भवन निर्माणको जिम्मा तीन सय शैय्या कर्णाली प्रतिष्ठान अस्पताल बनाएको रसुवा कम्पनीलाई दिइएको छ। च्यारेचौरमा मेडिक कलेज सञ्चालन भए पनि विश्कै अग्लो स्थानमा मेडिकल शिक्षाको अध्ययन हुने भएकाले जुम्ला र च्यारे संसारकै रोल मोडेल मेडिकल हब बन्ने अपेक्षा गरिएको छ।