काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाराजगञ्जमा अवस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्य संरचना नबन्ने बताएकी छन्। मन्त्री झाँक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन्।
उनले प्रहरी तालिम केन्द्रमा पुराना प्रहरी अधिकृतको स्वामित्व जोडिएको र कतिपय अधिकृतले निजी जग्गासमेत दिएको हुनाले यसको संरक्षण गर्नुपर्ने बताइन्। मन्त्री झाँक्रीले कुनै पनि संस्थाको संस्थागत महत्व र इतिहासलाई हटाउन नमिल्ने समेत बताइन्।
उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
२०७५ भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी तालिम केन्द्रलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गर्दै तालिम केन्द्रको जग्गालाई राष्ट्रपति कार्यालले प्रयोग गर्ने भनिएको थियो।