पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा क्षेत्रीयस्तरको क्रिकेट मैदान निर्माण गर्न सुरु गरिएको छ। पाङ्ग कुनाचौरको खेल मैदानमा क्रिकेट रंगशाला निर्माण गर्न शुरु गरिएको हो।
कूल १७० रोपनी क्षेत्रफलमा फैलिएको चौरमा गण्डकी प्रदेशकै नमुना क्रिकेट मैदान निर्माण गर्न सुरु गरिएको जनाइएको छ। रंगशाला निर्माण करिब ७० लाख रुपैयाँको लागतमा काम अघि बढाइएको हो।
उक्त मैदानमा पश्चिमतर्फ ३० हजार मानिस अटाउने प्याराफिट समेत निर्माण गर्न सुरु गरिएको छ। मैदान निर्माणका लागि केही जमिन अपुग भएकाले लक्ष्मीनारायण मन्दिर तथा विद्यालय र निजी जमिन समेत उपभोग गर्नुपर्ने अवस्था आएको छ।