काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो।
महासंघले कोरोना कहरकाबीच व्यवसायीहरुले बैंकमा ब्याज किस्ता समेत बुझाउन नसकेको भन्दै गत असारबाट हालसम्म भएका पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ।
महासंघले व्यवसायीहरुलाई प्रत्यक्ष असर गर्ने गरी पटक–पटक हालसम्म गरिएको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनको लागि नेपाल आयल निगमलाई आग्रह गरेको छ।
मूल्यवृद्धि फिर्ता नलिए महासंघले बाध्य भएर थप निर्णय लिने चेतावनी पनि दिएको छ।
.jpg)