काठमाडौं। काठमाडौं उपत्यकामा सवारी साधनमा लागाइएको जोर बिजोर प्रणाली विकास निर्माण कार्यमा प्रयोग हुने सवारी साधनमा लागू नहुने भएको छ।
निर्माण व्यवसायी कम्पनीका सवारी साधन, विकास निर्माणमा प्रयोग हुने सवारी साधन, कामदार र निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधन लगायतमा जोर बिजोर प्रणाली लागू नहुने भएको हो।
नेपाल सरकारद्वारा जारी गरिएको जोर बिजोर प्रणालीको सम्बन्धमा गृह मन्त्रालयको ११ गतेको पत्रानुसार जोर बिजोर प्रणाली निर्माण कम्पनीहरुका लागि लागू नहुने भएको छ। सवारी साधन सञ्चालकले आफू कार्यरत निर्माण कम्पनीको परिचय पत्रका आधारमा निर्वाध रुपमा सवारी सञ्चालन गर्न पाउने छन्।
.jpg)