सोलुखुम्बु। सोलुखुम्बुमा रंगशाला निर्माणको काम अगाडी बढाएको छ। एक गाउँपालिका एक खेल मैदानको अवधारणअनुसार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको हो।
स्थानीयबासी र गाउँपालिकाको समन्वयमा करिब २ सय ७० रोपनी भन्दा बढि जग्गामा रंगशाला निमार्ण भइरहेको बताइएको छ। स्थानीय जनताले उपलब्ध गराएको जग्गामा रंगशाला निमार्णका लागि गाउँपालिकाले डिपिआर गरेको छ।
पालिकाकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने भएको छ। रंगशाला निमार्णका लागि स्थानीयले निजि जग्गा निशुल्क उपलब्ध गराएका छन्। करिब ३५ घर धुरीले उपलब्ध गराएको जग्गामा अहिले रंगशाला निमार्णको काम भइरहेको छ।
२ सय ७० रोपनी भन्दा बढी क्षेत्रफलमा निमार्ण हुन थालेको रंगशालामा फुटबल मैदान, एथ्लेटिक्स ट्रयाक, भलिबल मैदान र ब्याडमिन्टन कोर्टसमेत रहने गाउँपालिकाले जनाएको छ।