काठमाडौं। ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। २८० किलोवाट क्षमताको यो आयोजना विद्युत उत्पादन शुरु भएको दुई वर्षपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ। दुई वर्षदेखि विद्युत उत्पादन भइरहेको यस आयोजनाको विद्युत उत्पादनको आधा पनि गाउँमा खपत भएको थिएन। गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको बताइएको छ।
उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ । प्राधिकरण अन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फत तारा खोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ। राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ ।