काठमाडौं। बतास अर्गनाइजेशनले पशुपति विकास कोषलाई धर्मशाला लिजमा लिए बापतको एक करोड रुपैयाँ भाडा बुझाएको छ।
पर्यटन मन्त्रालयले ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया बढाएकै दिन बतासले भाडा बापतको ८८ लाख ९९ हजार र ११ लाख ५० हजारका अलग अलग भौचरबाट पशुपति विकास कोषको खातामा जम्मा गराएको हो।
छानविन समितिको सुझाव अनुसार बिनाप्रतिस्पर्धा सेटिङबाट धर्मशाला बतास अर्गनाइजेशनले पाएको भन्दै पर्यटन मन्त्री प्रेम आलेले सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएका छन्।
सो प्रक्रिया अघि बढेकै दिन धर्मशाला सन्चालक बतास समूहले भने कोषको खातामा एक करोड रुपैयाँ भाडाबापत जम्मा गरेको पाइएको हो । होटल आनन्द प्रालिले सनराइज बैंकमा रहेको पशुपति विकास कोषको खातामा रकम जम्मा गरेको छ ।