काठमाडौं।प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसअगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चक्काजाम गरिएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट संयुक्त जनवर्गीय संगठनका नेता–कार्यकर्ताले आइतबार चक्काजाम गरेका हुन्।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले सडकमा टायर बालेर सरकारको विरोध गरेका छन्। प्रदर्शनका क्रममा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। चक्काजामका कारण केही बेर सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।
नेकपानिकट अखिल क्रान्तिकारीका विद्याथीहरूले मूल्यवृद्धिले जनताको जनजीवन प्रभावित पारेकाले सबै मिलेर यसको विरोध गर्नुपर्ने बताएका छन्। प्रदर्शनका क्रममा उनीहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग समेत गरेका छन् ।