काठमाडौं। कुलेखानी–सिस्नेरी सडक खण्डमा आरसीसी बक्स कल्भर्ट निर्माणको काम सम्झौता अनुसार नभएको भन्दै निर्माण कम्पनीलाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिइएको छ।
बागमती प्रदेशको यातायात तथा पूर्वाधार निर्देशनालयले इन्द्र श्री निर्माण सेवालाइ सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो।
निर्देशनालयले सूचना निकालेर थपिएको म्याद अवधिमा काम पूरा गर्न सक्ने यथेष्ट आधार प्रमाण सहित उपस्थित हुन निर्देशन दिइएको छ।
सूचनालाई अवज्ञा गरी भरपर्दो कार्ययोजना पेश नगरी अटेर गरेमा आठौं दिनको दिन पर्फरमेन्स बण्डबाट रकम असुल गरी आवश्यक थप कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
बारम्बार ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढेको, इमेल र फोन सम्पर्क गर्दा सम्पर्कमा रहने तर काम भने नगर्ने गरेको सूचना उल्लेख छ।