भीमदत्त नगरपालीकाका सबै वडा कार्यालयका भवन बनाउने नगरपालीकाको योजना अनुसार १९ नम्बर वडामा यस वर्ष नै वडा कार्यालय भवन बनाउन सुरु गरिएको छ। केही वडामा भने भवन निर्माण सम्पन्न भएर संचालनमा आईसकेका छन, भने केही वडामा निर्माणकार्य भइरहेको छ।
भीमदत्त नगरपालीकाका मेयरले स्थानीय तह निर्वाचनमा आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण गरी वडा वासीलाई व्यवस्थीत रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता गरेका थिए। यही प्रतिबद्धता अनुसार निर्वाचनमा वडा कार्यालय भवन बनाउन थालिएको हो।
अहिलेसम्म ६ वटा वडा कार्यालयका नयाँ भवन निर्माण भएर सञ्चालनमा आईसकेका छन्। वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाह व्यवस्थित हुने बताउदै भीमदत्तका मेयरले वडा कार्यालय भवन शिलान्यास गरेका छन्।
उहाँका अनुसार सम्झौता भएअनुरुप समयमा गुणस्तरिय काम भएर समयमै काम सम्पन्न हुने आशा लिइएको छ। सबै वडा कार्यालयका भवन निर्माण गरी जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने नगरपालीकाको योजना अनुसार वडा कार्यालय भवनको शिलान्यास गरिएको हो। मित्र महरा जेभीसँग दुई तले भवन निर्माणका लागी एक करोड भन्दा माथीको ठेक्का सम्झौता गरिएको छ।
उक्त ठेक्का सम्झौता आगामी २०७९ असोज ८ गतेसम्मको लागी गरीएको छ। भीमदत्त नगरपालीका १९ मा वडा कार्यालयसीत आफ्नो जमिन नभएपछी जग्गा खरीद गरी भवन निर्माणको काम अगाडी बढेको हो। उक्त जग्गा गत वर्ष खरिद गरिएको थियो। सबै वडामा वडा कार्यालय भवनको निर्माण पछि वडा वासीहरुलाई सहज हुने स्थानीयले बताए।