बाँके। बाँकेको कोहलपुरमा नमुना बसपार्क निर्माण भइरहेको छ। यहाँ सञ्चालनमा भएको बसपार्क साँघुरो भएपछि कोहलपुर चौराह नजिक नमुना बसपार्क निर्माण गर्न थालिएको हो।
हालसम्म बसपार्क निर्माणको काम ४५ प्रतिशत सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाले जनाएको छ। बसपार्क निर्माणका लागि ०७७ फागुन २४ गते २७ करोड ८४ लाखमा खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो।
बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिकाबाट विनियोजन गरिएको छ । ५ बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्रि«य बससमेत सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।