सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीबाट क्षति पुगेका घरहरुको पुनर्निर्माण गरिने भएको छ। नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको पहलमा उक्त गाउँपालिकाका बाढीपीडितका ३० घर पुनर्निर्माण गरिने भएको हो। उहाँका अनुसार बाढीपीडितका घर निर्माणको लागि एक लाख भन्दा बढी रकमको व्यवस्था गरिएको छ।
काँग्रेस विपत् व्यवस्थापन समितिका केन्द्रीय अध्यक्षसमेत रहनुभएका बस्नेतले काँग्रेस आवद्ध समाजसेवीको सहयोगमा बाढीपीडितका घरहरु बनाउन लागिएको बताउँदै केही समयमै घरहरुको पुनर्निर्माण सुरु गरिने जानकारी दिनुभयो।
साथै, पुर्वमन्त्री बस्नेतले मेलम्चीका १५० बाढीपीडित घरपरिवारलाई राहतस्वरुप चामल, दाल, तेल, नुनलगायतका खाद्यान्न सामाग्री समेत सहयोग गर्नुभएको छ।
बाढीले घर बगाएपछि बस्ने ठाउँको नै अभाव हुँदा स्थानीय समस्यामा परेका थिए। अब हुने पुनर्निर्माणको कुराले उनीहरु खुसी भएका छन् ।