काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्ता भएको छ । एमसीसीबारे निर्णय लिन आज सत्तारुढ गठबन्धनको बैठक बस्नु अघि दुई नेताबीच भएको छलफल भएको हो।
आजको छलफल सहमतिबिना नै टुङ्गिएको तथा अपरान्ह ३ बजे बस्ने भनिएको बेठक साँझ ५ बजेका लागि सारिएको बताइएको छ ।
बिहान भएको भेटमा दुई नेता आआफ्नै अडानमा कायम रहेकाले कुनै सहमतिमा पुग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ ।
देउवा आगामी प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गर्ने मनस्थितिमा छन् भने अध्यक्ष दाहाल सहमति कायम गरेर मात्र त्यसलाई टेबल गर्ने पक्षमा छन् । प्रधानमन्त्रीले जबरजस्ती सम्झौतालाई संसदमा टेबल गरे माओवादीले सरकारबाट हट्ने बताइसकेको छ ।