काठमाडौं। सरकारले एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएपछि दरपीठ विरुद्ध अर्को रिट पेश भएको छ। अधिवक्ता स्वागत नेपाल लगायतले बुधबार विहान दरपीठविरुद्ध रिट पेश गरेका हुन्।
वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र अधिवक्ता नेपालले मंगलबार पेश गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एमसीसी संसदमा पेश भइसकेका कारण यो संसदको विशेषाधिकारमा पर्ने भएकाले दरपीठ गरिएको जानकारी दिइएको छ ।