दाङ । जिल्लाबाट अवैधरुपमा ढुंगा ओसारपसार गरिरहेका चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर ८ अस्वारा निवासी अनुप पाण्डेका चारवटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती टिपरमा चारलेनको प्रयोगका लागि ल्याइएको ढुंगाहरु भएको र उनीहरुसँग कुनै कागजात नभएको अवस्थामा फेला पारि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बालापुर प्रहरी चौकीले नियन्त्रणमा लिएका ति टिपरहरु अष्टभैरव कम्पनीका रहेका छन् । उनीहरुसँग ढुंगा कहाँबाट ल्याएको कहाँ लगेको भन्ने कुनै कागजात तथा बिल नभएपनि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।