कञ्चनपुर। महाकाली प्रादेशिक अस्पताल सुधारात्मक हुँदै गएको अस्पताल प्रशासनले जनाएको छ । शुक्रवार महाकाली प्रादेशिक अस्पतालले प्रगति विवरणबारे जानकारी गराउन पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा अस्पताललको विगत तथा वर्तमान अवस्थाबारे जानकारी गराउँदै अस्पतालको अवस्था सुधारतर्फ गइरहेको जानकारी दिइएको हो ।
कार्यक्रममा महाकाली अस्पतालका तथ्यांक शाखा प्रमुख उषा भट्टले अस्पतालले दिईरहेका सेवा वारे प्रस्तुतिकरण गरेकी थिइन् । कार्यक्रममा महाकाली प्रादेसिक अस्पतालका निमित्त मे सु अर्जुन भट्टले अस्पतालका धेरै जसो सेवाहरु सुधारतर्फ भए पनी १०८ कुल स्वीकृत दरवन्दि मध्ये ४७ दरवन्दि अभैm रिक्त रहेको् र औषधिको समेत अभाव रहेको बएका थिए।
गत जेठदेखि सुदूरपश्चिम प्रदेश सरकारको निर्णयबाटे महाकाली प्रादेशिक अस्पतालका रुपमा सेवा सञ्चालन गर्ने अवसर प्राप्त गरेको यस अस्पतालमा अहिले भौतिक संरचनामा समेत उल्लेख्य प्रगति गरेको छ ।
हाल अस्पतालमा गाइनो विशेषज्ञ, हड्डी रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, एमडीजीपी, रेडियोलोजिष्ट, प्याथोलोजिस्ट लगायतका दरवन्दी विशेषज्ञ चिकित्सकले सेवा दिइरहनु भएको छ । अहिले ६ ओटा आइसियु बेड र ३ ओटा भेन्टिलेटर भएको अवस्थामा आइसियु पनि सञ्चालनमा आएको छ ।