काठमाडौं। अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी बारे नेपालले राखेको ११ बुँदै व्याख्यात्मक घोषणाबारे अमेरिका मौन बसेको छ। एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि विज्ञप्ति जारी गरे आफ्नो धारणा राखेको अमेरिकाले व्याख्यात्मक घोषणाबारे भने कुनै प्रतिक्रया नदिएको हो।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गरेर एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको बताएको छ। ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्ट अनुमोदन भएसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानीको खर्च घट्ने विश्वास विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तिमा आर्थिक स्वतन्त्रता र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसी कम्प्याक्टले विश्वभर गरिबी निवारणमा मद्धत गर्ने उदेश्य रहेको बताइएको छ।
१२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएको छ।