काठमाडौं। मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेकपा एकीकृत समाजवादीले प्रेस ब्रिफिङ गर्ने भएको छ ।
पछिल्लो पटक आइतबार प्रतिनिधिसभा बैठकबाट पारित भएको एमसीसी सम्झौतालाई लिएर आम जनता अझै अन्यौलमा रहेकोले त्यसबारे स्पष्ट पार्न एकीकृत समाजवादीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्न लागेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने बताइएको छ।
दिउँसो २ बजे थापागाउँ नयाँ बानेश्वरमा रहेको एक पार्टी प्यालेशमा हुने पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको अबको रणनीति र स्थानीय तह निर्वाचन लगायतका विषयमा समेत जानकारी गराइने उनले बताए ।