रसुवा। रसुवाको कालिका गाउँपालिका–२ मा शीत भण्डारण गृहको निर्माण भएको छ। ७० लाख भन्दा बढी लागतमा शीत भण्डार निर्माण सम्पन्न भएको हो।
३०० मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारी अब भण्डारन गर्न सक्ने भएका छन्।
बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतीशत तथा कालिका गाउँपालिकाको ३० प्रतिशत आर्थिक लगानीमा तीन करोड ७० लाख ३५ हजार ३३५ रुपैयाँमा दुई तले शीत भण्डारण गृहको निमार्णको काम पूरा भएको हो ।
एक वर्षअघि नै निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि कोरोना महामारीका कारण सामान तथा कामदार बाहिरबाट ल्याउन नसक्दा निर्माण एक वर्षपछि धकेलिएको निर्माणको जिम्मा पाएको ईजी इन्फ्रा प्रालिले जनाएको छ ।