काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण तोकिएको समयमा पूरा नभएका खरिद सम्झौताको म्याद थप गर्ने समय असोज २० गतेसम्म तोकिएको छ ।
गत भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले यो वर्षसम्म म्याद थप गर्ने निर्णय गरी एक महिनाभित्र सम्बन्धित निकायमा आवश्यक कागजात पेश गर्न समय तोकेको हो ।
विभिन्न समस्यकाका कारण समयमा काम नसकेका निर्माण कम्पनिको मर्मलाई बुझेर नेपाल निर्माण व्यवसायी महासंघले अर्थ मन्त्रालयमा म्याद थपका लागि निवेदन दिएको थियो । मन्त्रालयको पत्रचारका आधारमा मन्त्रिपरिषद बैठकले असोज २० सम्म म्याद थपका लागि सम्बन्धित सार्वजनिक निकायमा आवश्यक कागजात पेश गरेर म्याद थप गर्न आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण काम रोकिएपछि तोकिएको समयमा काम पूरा गर्न नसकेका कम्पनीले असोज २० गतेसम्ममा म्याद थपका लागि प्रकृया पूरा गरी यो वर्षभरमा काम सक्ने गरी कार्य अगाडि बढाउन सक्ने भएका छन् ।